भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
१३ जेठ, काठमाण्डौं । पिस प्यालेसले समेत चिनिने नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय अदालत (इन्टरनेशनल क्रिमिनल कोर्ट अफ जष्टिस्) रहेको भवनमा बुद्ध प्रतिमा राख्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

कसरी सफल भयो योजना ?
सन् २००५ डिसेम्बर पहिलो साता हो । बेलायतस्थित युनिभर्सिटी अफ ससेक्सबाट अन्तर्राष्ट्रिय अपराध कानुनमा एलएलएम गर्दै गर्दा श्रेष्ठ शैक्षिक भ्रमणका सिलसिलामा हेगस्थित पिस प्यालेस भवन पुगेका थिए । उनले सन् १९१३ मा निर्मित उक्त प्यालेसभित्र विश्वकै ख्यातिप्राप्त व्यक्तिहरुका पूर्ण तथा अर्धकद शालिकहरु बडो आकर्षक ढंगले राखिएको देखे । नेल्सन मण्डेला, नेहरु, महात्मा गान्धीको शालिक, अर्जेन्टिनाले दिएको क्राइष्ट, अमेरिकाले दिएको न्यायमुर्ति, अफ्रिकाबाट प्राप्त हात्तीको पूर्ण दुईवटा दाह्रा, चीनले दिएको ठूला गलैंचा लगायत असंख्य उपहार भेटेपनि नेपालको केही नाम निसाना थिएन । उनी घोत्लिए, ‘पिस प्यालेसमा वुद्धको मुर्ति राख्न पाए कति सान्दर्भिक हुन्थ्यो होला ?’
समय बित्दै जांदा १७ अक्टोबर २०११ का दिन नेपाल सरकारले सन् २०१२ लाई लुम्विनी भ्रमण वर्ष मनाउने निर्णय गरेको कान्तिपुर दैनिकमा खबर छ । अनलाइन खबर
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|