भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
नेपाली चलचित्रका चर्चित नायक आर्यन सिग्देल बलिउडका सुपरस्टार सलमान खानको क्रेजी फ्यान हुन् । सलमानका थुप्रै कुराबाट प्रभावित आर्यन सिनेमामा पनि उनको जस्तै भूमिका गर्न चाहन्थे । तर सधै लभर ब्वाइको भूमिका गर्दा गर्दै दिक्क भएका आर्यनको चाहनालाई निर्माता छविराज ओझाले पुरा गरिदिएका छन् ।
छविराज प्रोडक्शनको ब्यानरमा तयार भइरहेको चलचित्र ‘लोफर’मा आर्यनले सलमानकै स्टाइलको द्वन्द्व गरेका छन् । चलचित्र ‘वान्टेड’मा सलमान खानले टाउको बेरेको जस्तै फेता बेरेर आर्यन फाइट हान्दै गरेको अवस्थामा भेटिए ।
मह स्टूडियोमा गरिएको छायांकनाम आर्यन केही भिन्न खालको द्वन्द्व गर्न पाउँदा खुशी देखिएका थिए । चन्द्र पन्तको द्वन्द्व निर्देशनमा आर्यनले खुलेरै फाइट गरे । हालसम्म ७० प्रतिशत छायांकन सकिएको ‘लोफर’मा आर्यनका अलवा दयाहाङ राई, सुशिलराज पाण्डे, कमलमणी नेपाल, अनुपम शर्मा, सागर लम्सालका साथमा नव नायिका रजनी केसीको मुख्य भूमिका छ ।
चलचित्रमा सोनाल सापकोटाको संगीत, कविराज गहतराजको द्वन्द्व, मदनकाश्यप घिमिरेको छायांकन छ । चलचित्रको निर्देशन आदित्य विक्रम लम्सालले गरेका छन् । यसैबिच चलचित्रको छायांकन यूनिटसँगै निर्देशक लम्सालले आफ्नो जन्मदिन पनि मनाएका छन् ।






- अनलाइनखबर
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|