भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|

२० वैशाख, बैंकक । थाइल्याण्ड पुग्ने पर्यटकलाई त्यहाँका स्थानीय टुरिस्ट गाईड (पथप्रदर्शक) ले गौतम बुद्धको जन्म भारतमा रहेको भन्ने गलत सूचना प्रवाह गरिरहेका छन् । नेपालबाट यहाँ आएको एक टोलीका प्रतिनिधिले बुद्ध जन्मस्थल र कपिलवस्तु नेपालमा छ भन्ने जानकारी दिँदा थाइल्याण्डका पथप्रदर्शकले आश्चर्य र अनविज्ञता व्यक्त गरे ।
गौतम बुद्धको जन्म नेपालमा भएको भन्ने प्रयाप्त प्रचार प्रसार हुन नसक्दा यससम्बन्धमा थाइल्याण्डमा गलत सूचना प्रवाह भइरहेको छ । विश्वका विभिन्न मुलुकबाट थाइल्याण्ड पुग्ने लाखौं पर्यटकमा यस्तो गतल सूचना प्रवाह भइरहँदा पनि सम्बन्धित पक्षको ध्यान पुग्न सकेको छैन् । स्न १९९८ को नेपाल भ्रमण बर्षको समयमा थाइल्याण्डका धर्मगुरु गौतम बुद्ध नेपालमा जन्मिएको भन्ने यथार्थ व्यापक रुपमा थाइल्याण्डमा प्रचार प्रसार गर्न नेपाल सरकारलार्इ सुझाव दिएका थिए । तर आजसम्म पनि उक्त सुझाव कार्यान्वयन गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान पुग्न सकेको देखिँदैन ।
गोरखापत्र दैनिकमा छापिएको खबर अनुसार गौतम बुद्ध जन्मिएको भूमि नेपालमा भन्दा कयौं गुणा बढी पर्यटक थाइल्याण्डका बुद्ध मन्दिरको अवलोकन गर्न आउँछन् । बैंककमा रहेको प्रख्यात बुद्धको मन्दिर गौल्डेन टेम्पल, मार्वल टेम्पल र वाट फो (सुतेको बुद्ध) अवलोकन गर्न लाखौं पर्यटक पुग्ने गरेका छन् । - OnlineKhabar
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|