भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|

पाल्पाको रामपुर र स्याङ्जा जोड्ने कालीगण्डकी तरेर घर सांखर ८ को सिउनडाँडा जाने क्रममा घर नजिकैको जंगलमा दुई वटा मोटरसाइकलमा आएका तीन/चार जना युवाले नियन्त्रणमा लिँदै लतारेका थिए । कोही आएको आशंकामा केही समयपछि ती युवाले बलात्कार गरेर भागेको स्थानीयले अनुमान गरेका छन् । युवतीको अवस्था गम्भीर छ । साँझ ७ बजेतिर मात्र बटुवा र नजिक घरकाले देखेर बल्ल घरपरिवारलाई खबर गरेका थिए ।
उनले आफूलाई तीन/चार जनाले बलात्कार गरेको बिहीबार दिउँसो आफन्त र प्रहरीलाई बताएकी छन् । उनको आँखा, घाँटी र अनुहारमा चोट लागेको छ भने शरीरको तल्लो भागमा समेत केही चोट छ । उनले मोटरसाइकलमा विपरीत दिशाबाट आएको र रोकेर आफूलाई पक्रेको बताइन् । छिनछिनमा बर्बराउने हुनाले सही विवरण उपचार भइसकेपछि मात्र आउने जिल्ला प्रहरी प्रमुख स्थानेश्वर रेग्मीले बताए ।
आफन्त र छिमेकीले बाटोमुनि उनी कराएको जस्तो सुनेपछि बल्ल हेर्न गएका थिए । उनी बोल्न सक्ने अवस्थामा थिइनन् । जिब्रो सुनिएकाले पनि केही बोल्न सक्ने अवस्था छैन । घटनापछि सबै गाउँले भेला भएर घटनाको जानकारी प्रहरीलाई गराएका थिए । घटनापछि तत्काल आयुर्वेद केन्द्रबाट उपचारका लागि चिकित्सक आएका थिए । त्यसपछि मात्र रामपुर अस्पताल पठाइयो । राति १२ बजेतिर पाल्पाको रामपुर ल्याइएको थियो । रामपुरमा उपचार हुन नसकेपछि उनलाई तानसेनस्थित लुम्बिनी मेडिकल कलेज ल्याइएको हो । बिहीबार दिउँसोसम्म पूरै होस आएको छैन । मेडिकल कलेजले प्रहरीलाई मात्र रिपोर्ट दिने भन्दै आफन्तलाई समेत केही बताएको छैन । साभार - ई-कान्तिपुर
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|