भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|

बारा,बैशाख १८ । अश्लिल भिडियो बनाउँदै गरेका दुई जनालाई प्रहरीले मंगलबार बेलुका पक्राउ गरेको छ । कलैया नगरपालिका ८ बस्ने मदन साहले मोबाइलबाट नुहाइरहेका महिलाको अश्लिल भिडियो तानेर पिपडाढी ६ का महाकान्त पडितको कलैया बरगाछीनजिकै कप्यूटरमा मिक्सिङ्ग गर्न खोज्दा दुबै जनालाई सुराकीको आधारमा जिल्ला प्रहरी बारा बाट खटिएका प्रहरीले पक्राउ गरेको हो । जिप्रका बाराका प्रहरी निरीक्षक रामनाथ घिमिरेले अश्लिल भिडियो तानेको आरोपमा २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले नियन्त्रणमा लिएकाहरु आफू निर्दोष भएको कुरा बताए पनि अनुसन्धानबाट थप प्रष्ट हुने बताउनुभयो । प्रहरीले महाकान्त पडितको कम्प्यूटर पसलबाट ल्यापटप समेत अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । बारामा धेरै जनाको अश्लिल भिडियोहरु सार्वजनिक हुनेक्रम बढेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|