भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|

चलचित्र सेन्सर बोर्डले नेपाली सिनेमाको सेन्सरमा झमेला झिक्ने गरेको घटना अब कुनै नौलो होइन । अधिकांश सिनेमाले सेन्सर बोर्डमा पुगेपछि झमेला बेहोरिरहेका छन् । तर चलचित्र ‘बितेका पल’लाई भने सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । अब यो सिनेमालाई सबै बर्गका दर्शकले हेर्न पाउनेछन् ।राजेश घतानीको निर्माणमा तयार भएको यो चलचित्रलाई सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेका हुन् । चलचित्रमा बाबु बोगटी, केकी अधिकारी र अविनाश गुरुङको अभिनय छ ।
चलचित्र सेन्सरका लागि पुग्दा केही तनाव भएपनि सजिलै पास भएपछि खुशी लागेको निर्माता शाहीले बताए । उनले सिनेमा हेरेपछि सेन्सर बोर्डका कर्मचारीले निक्कै राम्रो प्रतिक्रिया दिएको जानकारी गराए । चलचित्रको छायांकन सिक्किम, दार्जलिङ लगायतका क्षेत्रमा गरिएको छ । Source: Onlinekhabarभिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|