भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
१९ वैशाख, सर्लाही । सर्लाहीको चितायनमा दाईको लागि ठिक पारिएकी युवतीको हतारमा भाईसँग बिबाह भएको छ । साइतको तीन दिनअघि सर्लाही जिल्ला अदालतले निर्धारित बिहे रोक्न अन्तरिम आदेश दिएपछि दाईका लागि ठिक पारिएकी युवती भाईले भित्र्याए ।

विपिसिंह र हरिपुर २ पाँचगाछीकी १७ बर्षकी अम्बिका चौधरीबीच वैशाख १६ गते विवाह गर्ने तय भएको नागरिक दैनिकमा खबर छ । तर, २३ बर्षकी भवानी चौधरीले पति विपिसिंहले आफूमाथि सौता हाल्न लागेको भन्दै दोस्रो बिहेको निम्तो काडसमेत संलग्न राखेर निषेधाज्ञा माग गर्दै बिहीबार अदालतमा निवेदन दिएकी थिइन् । जिल्ला न्यायाधीश माधव पोखरेलको इजलासले शुक्रबार विवाह रोक्न आदेश दिएको थियो । पछि विवाहको सबै तयारी भइसकेको र आफन्त तथा गाउँलेलाई निम्ता गरिसकेका दुवै पक्ष विपिको कान्छो भाई पि्रन्स र अम्बिकाबीच लगनगाँठो कस्न सहमत भएका हुन् ।
भवानीको माग अनुसार जिल्ला अदालत सर्लाहीले पहिलो पटक विवाह रोक्न अन्तरिम आदेश दिएको थियो । Source: OnlineKhabar
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|