'कहिले मिलन कहिले बिछोड' गीतको जता ततै चर्चा


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

गीतकार गोबिन्द प्रसाद उपाध्यायको पहिलो गीति एल्बम" सत्यता" भित्र रहेको सुमधुर स्वरकी धनी गायिका अन्जु पन्तले गाउनु भएको " कहिले मिलन कहिले बिछोड" बोलको सुगम आधुनिक गीत नेपाली स्रोताहरुको माझमा प्रसारण भएको पहिलो सप्ताहमा नै चर्चित बन्न सफल भएको छ। प्रोमो र अडिओ गीत अहीले जताततै सुन्न र हेर्न पाईेन्छ। सो गीत प्रसारण भएको पहिलो सप्ताहमानै इमेज एफ.एम.को "सङ अफ द वीक" मा पर्न पनि सफल भएको छ। एक्पल्ट फेरी ख्यातिप्राप्त गायिका अन्जु पन्तको स्वरमा मिठो,सुमधुर तथा कर्णप्रिय गीत सुन्न पाएकोमा नेपाली स्रोताहरुमा खुसियाली देखिएको छ। युवा गीतकार उपाध्याय ले नेपालीस्रोताहरुले प्रस्ट बुझ्न सकिने नेपाली मार्मीक शब्दहरु प्रयोग गरी मन छुने भावमा सो गीत रचना गरेको प्रष्ट झल्किन्छ र भविष्यमा राम्रो गीतकारको रुपमा आफुलाई प्रमाणित गर्ने अनुमान नेपाली सङीत क्षेत्रमा गरिएको छ।

theaznepal’s avatar
पूरा गीत सुन्न यहाँ थिच्नुहोस



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !