भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
परीक्षणका लागि १८ महिने ओनिल नाम गरेको कुकुरलाई फुटपाथमा हिडाइएको थियो । सडक पेटीमा हिडिरहेको समयमा कुकुर अचानक पछाडी फर्कियो, के भएछ भनेर हेर्दा कालो रंगको कार अनियन्त्रित रुपमा पछाडी आइरहेको रहेछ । त्यो देख्नासाथ दुबै प्रशिक्षक र कुकुर हतारहतार भागे । कार तिब्र गतिमा त्यही बाटो गयो । कुकुरले ज्यान बचाएपछि दुबैले लामो सास फेरे । कार कसले चलाएको थियो भन्ने खुलेको छैन ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । कुकुरलाई आकस्मिक घटनाको प्रशिक्षण दिइएको हुँदैन तर, यो घटनामा ओनिलको भूमिकासँगै उनले केही हप्ताभित्र घर पाउने अनुमान गरिएको छ । त्यहाँ नेत्रहिन मानिसरुलाई गाइड गर्न वर्षमा करिव ३ सय कुकुरलाई तालिम दिइन्छ । – डेलीमेल
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|