भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|

नेपाली भाषी भएकै कारण भारतकै सबैभन्दा प्रतिष्ठित रियालिटी शोमा उनीहरु सफल भए । यतिबेला भारतीय टेलिभिजन च्यानल स्टार प्लसको एउटा अर्को रियालिटी शोमा एक जना नेपाली युवा देशको इज्जत बढाउने यात्रामा अघि बढेका छन् । कपन, काठमाण्डौंका १९ बर्षका सुशान्त खत्री स्टार प्लसको नृत्यमा आधारित लोकपि्रय रियालिटी शो ‘इन्डियाज डान्सिङ सपरस्टार’ को टपटेनमा प्रवेश पाउने क्रममा रहेको शुक्रबार प्रकाशित कान्तिपुर साप्ताहिकमा खबर छ ।
स्टार प्लसमा प्रत्येक शनिबार तथा आइतबार राति ९ः१५ बजे प्रसारण हुने रियालिटी शोमा भारतको बरोदाबाट अडिसन दिएका खत्री भोली शनिबारको श्रृखलामा टप टेनमा प्रवेश गर्ने प्रवलसम्भावना छ । गत साता उनी उत्कृष्ठ १२ मा पर्न सफल भएका थिए । - अनलाइन खबर
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|