भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
रामराजा दाहालको निर्देशनमा तयार भएको चलचित्र ‘नेपथ्य’को फष्ट लुक र प्रोमो सार्वजनिक गरिएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि निर्माण यूनिटले सिनेमाको प्रचार सुरु गरेको हो ।
आदित्य वुढाथोकी, मानव सुवेदी, विल्शनविक्रम राई, रेम बीक, सोना तिम्सिना, रवी गिरी, शिशिर खरेल, एमएस अंग्रज, रश्मी भट्ट लगायतका कलाकारको अभिनय रहेको यो चलचित्र जेठ २४ गतेबाट प्रदर्शनमा आउँदैछ ।
चलचित्रमा नायिका सुष्मा कार्कीले ‘मस्त जवानी’ बोलको गीतमा आइटम नृत्य गरेकी छिन् । यस्तै कलाकार विल्सन विक्रम राइले बोल्ने ‘म्याथ सिक्ने, इङ्लिस सिक्ने अरु के के सिक्ने’ भन्ने संवादले पनि चर्चा पाउने विश्वास निर्माणपक्षको छ ।
चलचित्रमा विशेष भूमिकामा प्रियंका कार्की, सुनिल थापा, सुर्जनी केसी, सुबास कोइराला लगायतका चलचित्रकर्मीहरु देखिदैछन् । मानिसका सपनाहरु पुरा गर्नका लागि नेपथ्यमा हुने आरोह अवरोहलाई सिनेमाले आफ्नो मुख्य बिषयवस्तु बनाएको छ । चलचित्रको छायांकन नेपाल र अष्ट्रेलियामा गरिएको छ । चलचित्रमा सुभाससिंह बस्नेतको लेखन, मानव सुवेदीको संगीत, स्वर र शब्द, गम्भिर बिष्टको नृत्य, बाबु बलामीको द्वन्द्व, सुसन प्रजापतीको छायांकन छ । - OnlineKhabar
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|