प्रेमिलाई छोडेपछि सुष्माको हातमा पैसै पैसा !


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


उसो त नायिका सुष्मा कार्कीको ब्रेकअपको खबरले यो हप्ता बजार ततायो । एक व्याण्डका गीतारिष्ट नरेनसँग एक बर्षसम्म भैसेपाटीमा लिभिङ टुगेदरमा बसेकी सुष्मा अहिले आमासँगै छिन् । प्रेमिसँग कुरा नमिलेपछि छुट्टएिको बताउने सुष्मा पछिल्लो समय सिनेमा नगरीमा खासै चलेकी छैनन् ।छायांकनको समयमा प्रेमिले अवरोध पैदा गरेपछि निर्माताहरु सुष्मालाई सिनेमामा लिन आनाकानी पनि गरिरहेका थिए । तर नरेनसँग सम्बन्ध टुटेसँगै नायिका कार्कीले ‘विन्दास २’ मा संझौता गरेकी छिन् । राजु गिरीको निर्देशनमा मधुकुमार श्रेष्ठले निर्माण गर्न लागेको यो चलचित्र जेठ ५ गतेबाट छायांकनमा जाँदै छ ।
नायिका कार्कीलाई निर्माणपक्षले साढे २ लाखमा संझौता गरेको दाबी गरेको छ । ‘विन्दास’को सिक्वेल भएका कारण सुष्माले केही कम रकममा काम गर्न राजी भएको दाबी निर्देशक गिरीको छ । चलचित्रमा सुशान्त कार्की, अशोक फुयाँलको पनि अभिनय रहनेछ । - OnlineKhabar

भिडियो हेर्न तल क्लिक गर्नुहोस् !