सुरुङ खनेर भागेका ३ कैदी समातिए !


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


arrestदाङ - रोल्पाको जिल्ला कारगारबाटै  सुरुङ खनेर भागेका ८ कैदी मध्य ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्जुन सेन, दिपक पुन र चम्फे विक  रहेको रोल्पा प्रहरीले जनाएको छ। यी तीन जना मध्ये प्रहरीले २ जनालाई एकै स्थानबाट र अर्का एकजनालाई छुट्टै स्थानबाट नियन्त्रणमा लिएको हो।
रोल्पा प्रहरी प्रमुख डिएसपि ओमवहादुर रानाका अनुसार गैँडाको खाग तस्करी अभियोगमा जेल सजाय भोगेका रोल्पा खुंग्रीका अर्जुन सेनलाई रोल्पाको सातदोवाटो भन्ने स्थानवाट नियन्त्रणमा लिइएको हो भने डाँका चोरी अभियोगमा जेल सजाय भोग्दै आएका दाङ सैघा ९ का दिपक पुन र जवरजस्ती करणी अभियोगमा सजाय भोगीरहेका रोल्पा जेदवाङ ४ का चम्फे विकलाई दाङ तर्फ भाग्दै गरेको अवस्थामा जंगलवाटै नियन्त्रणमा लिइएको हो। 'एकजनालाई सुरुमा समात्यौँ',' रोल्पा प्रहरी प्रमुख  रानाले भने, '२ जनालाई दाङ तर्फ भाग्दै गरेको अवस्थामा जंगलवाट छोप्यौँ।' सेनलाई प्रहरीले हिजो सम्साँझै नियन्त्रणमा लिएको हो भने पुन र विकलाई गएराति नियन्त्रणमा लिएको हो। सुरुङ खनेर भागेका अन्य पाँच जना भने अहिले पनि फरार छन्। प्रहरीले उनीहरुको खोजी गर्न गाउँगाउँ तथा जंगलमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको जनाएको छ। - NagarikNews

भिडियो हेर्न तल क्लिक गर्नुहोस् !