भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
बलिउड अभिनेत्री जिया खानको निधन भएको छ । मुम्बइ पुलिसका अनुसार जियाको शवलाई कूपर अस्पताल लगिएको छ । जियाको शव उनको जुहूस्थित घरबाट बरामद भएको हो । जहाँ उनी आमासँगै बस्थिन् । जियाले सन् २००७ मा रामगोपाल बर्माको फिल्म ‘निशब्द’बाट अमिताभ बच्चनसँगै बलिउडमा पाइला राखेकी थिइन् । यो फिल्ममा उनले एउटा गीत पनि गाएकी थिइन् ।
यसबाहेक सन् २००८ मा आमिर खानसँग ‘गजनी’ र सन् २०१० मा अक्षयकुमारसँग ‘हाउसफूल’मा पनि काम गरेकी थिइन् । उनले केही विज्ञापन पनि गरेकी थिइन् । - Mero Cinema

भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|