भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
२८ जेठ, काठमाडौं । अमेरिकी डलरले अघिल्लो दिनकोे ऐतिहासिक मूल्यको रेकर्डलाई भंग गर्दै बुधबार ९५ रुपैयाँ पुग्ने भएको छ । मंगलबार डलरको मूल्य इतिहासमै उच्च भई करिब ९४ रुपैयाँमा कारोबार भएको थियो । भारतमा मंगलबार बन्द भएको बजार मूल्य हेर्दा बुधबार डलरको मूल्यले ९५ रुपैयाँ नाघ्ने सम्भावना देखिएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबारको लागि ९२ रुपैयाँ ९३ पैसा बिक्री दर प्रक्षेपण गरेकोमा बजारमा ९३.९० रुपैयाँसम्ममा कारोबार भएको थियो । बुधबारका लागि केन्द्रीय बैंकले ९३ रुपैयाँ ७९ पैसा बिक्री दरको प्रक्षेपण गरेको छ । भारतमा इन्टरबैंक फरेन एक्सचेन्ज मार्केटको अन्तिम मूल्य ५८ रुपैयाँ ९३ पैसा कायम भएको छ । त्यहाँ अपरान्ह ५७ रुपियाँ ७८ पैसामा कारोबार भएको थियो । एकै दिन भारतमा डलरको मूल्य ८० पैसाले बढेको छ ।
भारतीय मुद्रासँग नेपालको सटही दर स्थिर रहेको हुनाले भारतमा डलर महँगो हुँदा नेपालमा पनि स्वतः महँगो हुने गर्छ । भारतमा आर्थिक वृद्धि न्यून र आयात वृद्धि उच्चलगायतका कारणले मुद्राको मूल्यलाई प्रभाव पारेको छ । अमेरिकामा रोजगारीको दरमा भएको वृद्धि र त्यहाँको अर्थतन्त्रमा आएको सुधारको कारण यूरो र पाउण्डसँग पनि अमेरिकी डलरको मूल्य बलियो हुँदै गएको छ ।
नेपालमा बजेट निर्माणको पूर्वसन्ध्यामा डलरको मूल्य आकासिएपछि पूर्वानुमानहरु परिमार्जन गर्नुपर्ने भएको छ । नेपालले ऋणको साँवा र ब्याज तिर्ने रकम पूर्वानुमान गरेभन्दा बढ्ने तथा आयातमुखी अर्थतन्त्र भएको कारण उपभोग्य मूल्यवृद्धि अपेक्षाभन्दा बढी हुने भएको छ । डलर अझै महँगो हुने वा यही मूल्य केही महिना कायम रहने हो भने नेपालले ठूलो क्षति व्यहोर्नुपर्ने छ । - OnlineKhabar