भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
भनिन्छ, फोहोरभित्रै नपसी फोहोर सफा पार्न सकिँदैन । यसैले होला कोही कलाकारहरु राजनीतिको फोहोर सफा गर्न भन्दै राजनीतिक पार्टीभित्र प्रवेश गर्न थालेका छन् । तर, सिनेनायक राजेश हमालचाहिँ आइतबार वागमती नदीको फोहोर सफा गर्न भन्दै अन्य सहकर्मीहरुसँगै दुर्गन्धित नदीमा प्रवेश गरे ।
नेपाली सिनेमाका कलाकारहरु आइतबारबाट बागमती सफाइ अभियानमा सक्रिय रुपमा लागेका हुन् । आइतबार बिहान महानायक राजेश हमाल बागमती सफाइका लागि माक्स र पन्जा लगाएर बाग्मतीमा पसेका हुन् । नायक हमालले बाग्मतीको फोहोर टिप्दै गर्दा उनलाई दर्शकले समेत साथ दिएका थिए ।







- OnlineKhabar
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|