भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
२४ वैशाख, काठमाण्डौं । कतार ड्युटी फ्री सपको १० लाख अमेरिकी डलर विजेता डिल्लीराम पराजुली कतारमै कार्यरत नेपाली नागरिक भएको पुष्टि भएको छ । पुरस्कार घोषणा भएको निकै दिनसम्म उनको पत्तो नलाग्दा एकजना नेपालीले पाएको करोडौं रुपैयाँ गुम्ने हो कि भन्ने आशंका बढेको थियो ।

नेपाली मिडियाले आवश्यकभन्दा बढी प्रचार गरेकाले फेसबुकसमेत बन्द गर्न बाध्य भएको गुनासो गर्दै पराजुलीले आङ्खनो घर–ठेगाना सार्वजनिक नगरिदिन अनुरोध गरेका छन् । साधारण परिवारमा जन्मेका डिल्लीरामले स्वदेश फर्कने क्रममा विमानस्थलको बोर्डिङ गेटबाट पछाडि फर्केर ड्युटी फ्रीतिर हेर्दा १० लाख अमेरिकी डलर लेखेको ठूलो बोर्ड देखेपछि चिट्ठा किनेको बताएका छन् ।
आफुले पहिलो पटक किनेकै चिट्ठा परेको पनि उनले खुलाए । जितेको पैसा के गर्ने भन्ने योजना नबनाएका पराजुलीले थपे, ‘हालसम्म प्रक्रियामै छ, रकम प्राप्त भएपछि मात्रै योजना बनाउँछु ।’ उनले यसभन्दा बढी आङ्खनो विवरण सार्वजनिक गर्न मानेनन् । - OnlineKhabar
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|