गरिबीका कारण बाबु छोराले झुन्डिएर आत्महत्या गरे


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

कञ्चनपुर - कञ्चनपुरको भीमदत्तनगरपालिका–११ स्थित भुजेलामा शनिबार बाबु छोरा झुन्डिएर मरेको अवस्थामा फेला परेका छन्। लामो समयदेखि प्यारालाइसिस रोगबाट पीडित बाबु छोराले गरिबीका कारण रोगको उपचार गर्न नसक्दा झुन्डिएर आत्महत्या गरेको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ। ४८ वर्षीय बाबु राजेश टमटा र १९ वर्षीय छोरा अजु टमाटाले घरभित्र एउटै डोरीमा पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक विर्खबहादुर रावलले बताए। ती दुवै बाबु छोरा एक घरमा बस्ने गरेका र अर्को घरमा राजेशका जेठा छोरा र बुहारी बस्ने गरेका थिए । घटनाको विस्तृत जानकारीका लागि प्रहरीले मृतकका जेठा छोरा र बुहारीसँग सोधपुछ गरिरहेको छ ।उपचार गर्न नसक्ने भएपछि दुवैजनाले एकसाथ झुन्डिएर आत्महत्या गरेका वा पहिला छोराको हत्या गरी आत्महत्या गरेको भन्ने आशङ्का देखिएको छ प्रहरी नायब उपरीक्षक रावलले बताउनुभयो । छोराको उपचारका लागि राजेशले आफन्त, छिमेकी र नातागोताबाट ऋण लिएका थिए । उनलाई ऋणको चिन्ताले  सताउने गरेको स्थानीय बासिन्दा बताउँछन्। - नागरिक न्युज 

भिडियो हेर्न तल क्लिक गर्नुहोस् !