भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|

भाग्ने मध्ये तीनजना जवरजस्ती करणीका, चारजना डाकैति अभियोग लागेका र एक जना तस्करीको अभियोगमा कैद परेका थिए ।
भाग्नेहरुमा डाकाचोरी अभियोगमा पक्राउ परेका रोल्पा धबाङका कृष्णबहादुर वली र राजु थापा, दाङ सैघाका दीपक पुन, राङकोट रोल्पाका बसन्त रोका, जवरजस्ती करणी अभियोगमा पक्राउ परेका रोल्पा जुगारका धु्रव डाँगी, रोल्पा जेदबाङका चम्फे विक, रोल्पा जंकोटका राजबहादुर वली छन् । यस्तै, तस्करी गरेको अभियोग लागेका रोल्पा खुंग्रीका अर्जुन सेन समेत भागेका हुन् ।
सुरक्षाको दृष्टिकोणले अत्यन्तै कमजोर मानिएको रोल्पा कारागारमा विभिन्न अभियोगका ८४ जना कैदीबन्दी थिए । कारागारको क्षमता ३५ जनाको मात्र भएपनि कारागार प्रशासनले कैदीहरुलाई कोचेर राखेको थियो । सुरुङ खनिएको कोठामा ११ जना कैदीबन्दी थिए । तीन जना भने भागेका छैनन् । भागेकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक सरोज पौडेलले बताए ।
उनीहरु भागेको आधा घण्टापछि मात्र प्रहरीले थाहा पाएको थियो । प्रहरी सहायक निरीक्षकको कमाण्डमा १९ प्रहरीले कारागार सुरक्षा गर्दै आएको छ ।
कारागार प्रमुख (जेलर) दीलिप श्रेष्ठ भने शनिबार घर विदामा गएका थिए । त्यस्तै, कारागार सुरक्षा गर्दै आएको प्रहरीका टोली प्रमुख प्रहरी सहायक निरीक्षक बसन्त बस्नेतले शनिबार बेलुका ८ बजे अर्का प्रसनि शालिकराम बस्नेतलाई जिम्मेवारी सुम्पेका थिए ।
जिल्ला प्रहरी प्रमुख प्रनाउ ओमबहादुर रानामगर भने प्रहरीको केन्द्रीय हेडक्वाटरको आयोजनामा तालिममा गएका थिए । रानाले घटनाबारे जानकारी भएपछि जिल्ला फर्कन थालेको उनले बताए । घटनाबारे जानकारी दिन प्रहरीका मध्य पश्चिम प्रमुख डीआइजीसहित अञ्चल प्रहरी प्रमुख समेत जिल्ला आउँदैछन् । - eKantipur
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|