भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
काठमाडौं, बैशाख २९ - पञ्चेबाजा बजाउँदै बेहुली लिन आएका बेहुला विवाह समारोह चलिरहेको बेला अकस्मात विवाह गर्दिन भन्दै जग्गेबाट उठेर हिंडेपछि बेहुली र बेहुलीका परिवारलाई कस्तो आपत् पर्ला ?
सोमबार काठमाडौं बालाजुकी एक युवती र उनका आफन्तले यस्तै आपत्त व्यहोर्नु पर्यो ।
काठमाडौंको बालाजुमा सोमबार दिउँसो विवाह समारोह चलिरहेकै बेला बेहुला अनिल चौलागाईंले विवाह गर्न अस्वीकार गर्नुभयो ।
बेहुलाले विवाह गर्न अस्वीकार गरेपछि जन्ती सबै अलमलमा परे भने बेहुली पक्षका आफन्त आक्रोशित भए ।
गोडा धुनका लागि गाग्री खड्कुला लिएर आएका नातेदार तथा बेहुलीका लागि उपहार लिएर आएका निम्तालु अक्क न बक्क परे ।
परिवारले जर्वजस्ती गरेको बेहुलाको भनाई
बेहुलाले विवाह गर्न अस्विकार गरेको थाहा पाएपछि पुगेका पत्रकारसँग कुरा गर्दै बेहुला अनिलले घर परिवारले जवर्जस्ती गरेर

विवाह गर्न दवाव दिएको बताउनुभयो ।
उहाँले विवाहका लागि दुई हप्ताको समय माग्दा पनि घर परिवार र आफन्तले कर गरेर विवाहका लागि मण्डपमा ल्याएको बताउनुभयो ।
‘म आज विवाह गर्दिन, मलाई समय दिनु भन्दापनि पछि लगन छैन भनेर विवाह गर्न ल्याए’ गलामा लगाएको दुबोको माला फुकाल्दै बेहुला
अनिलले भन्नुभयो ‘मलाई मेरो घर परिवार र आफन्तले जवर्जस्ती गरे ।’

‘केही दिनदेखि विवाहको कुरा चलिरहेको थियो । हिजो पनि यही विषयलाई लिएर घरमा झगडा नै भएको थियो’ अनिलले भन्नुभयो ‘विवाह गर्दिन भन्दा भन्दै पनि बिहान सिंगारेर ल्याए ।’
बेहुलाको सम्पत्ति आधा चाहियो
बेहुला अनिलले विवाह गर्न नमानेपछि बेहुली पक्षले बेहुलाको आधा सम्पत्ति माग गरेका छन् ।
जग्गेमा बेहुलाले विवाह गर्न नमानेकाले आफूहरुको बेइज्जत भएको भन्दै बेहुलाको सम्पत्ति मागेका हुन् ।
बेहुलाले बेहुलीमाथि जगन्य अपराध गरेको आफन्तको भनाई थियो ।

‘मान्छे राम्रो नभए पनि वुद्धि राम्रो छ’
बेहुलीकी हजुरआमाले सबै पक्षको छलफलबाटै विवाह तय गरिएको जानकारी दिनुभयो । विवाह अघि पनि केटा र केटी घुम्न गएको जानकारी दिँदै उहाँले भन्नुभयो ‘हामीले केटो राम्रो छैन भन्दा नातिनीले बुद्धि राम्रो भए भइहाल्यो नि भन्थी ।’
‘नातिनी खुसी थिई । सबै कुरा भएरै विवाहको टुंगो भएको थियो’, बेहुलीकी हजुर आमाले भन्नुभयो, ‘पढेको केटो हो भन्थे । अहिले आएर यस्तो गर्यो अब खै के भन्ने ?’
बेहुलाको कसैसँग लभ पनि परेको छैन
बेहुला अनिलले विवाह गर्न नमान्नुको कारण पत्ता लगाउन आफन्तले धेरै बेर सोधखोज गरे ।
‘कसैसँग लभ परेको छ हो ?’, बेहुलीका आफन्तले सोधेको प्रश्नमा बेहुला अनिलले भन्नुभयो, ‘छैन हजुर । मेरो कसैसँग लभ परेको छैन ।’ - Ujyalo 90 Network
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|