प्रेमीकाले धोका दिँदा आत्मदाह


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

दमक ।
झापाको दमक र सतासीधाममा भएका घटनामा दुई जनाको मृत्यु भएको छ ।
दमकका एक युवाले आफ्नै जीउमा आगो लगाएर आत्महत्या गरेका हुन् भने सतासीधामकी एक महिला शंकास्पद रूपमा मृत फेला परेकी हुन् ।
दमक १४ का २७ बषिर्य मुकुन्द (मुकेश) लुइँटेलले गएराति साढे २ बजे शरीरमा पेट्रोल छर्किएर आगो लगाई आत्महत्या गरेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रेमिकाले धोका दिएको कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक लुईँटेलकको शवको पोष्टमर्टमपछि आजै दाहसस्कार गरिएको छ ।
उता सतासीधाम ४ रत्न चोककी राधादेवी गौली आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् । तीन दिन अघिदेखि वेपत्ता उनको हिजो साँझ ७ बजे शव फेला परेको हो । उनको मृत्यु शंकास्पद रहेको ज्वाइँ सुरेन्द्र थापाले बताएका छन् । घटनाका बिषयमा अनुसन्धान भइरहेको झिलझिले प्रहरीले जनाएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् !