सुमिनाले बोली फिर्ता लिइन्


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


डिसीनेपाल डटकम संवाददाता - केही समयअघि चलचित्र पत्रकार संघका केन्द्रीय सदस्य विजय आवाज सुवेदीलाई ज्यान लिने किसिमको धम्की दिएकी नायिका सुमिना घिमिरेले बुधबार एक विज्ञप्ति जारी गर्दै बोली फिर्ता लिएकी छन् ।


समाचार लेखेको आधारमा पत्रकार आवाजलाई नायिका घिमिरेले धम्की दिएपछि उनको चौतर्फी विरोध भएको थियो । सुमिनाले विज्ञप्तिमा आवाज र आफूबीच भएको टेलिफोन संवादमा आफूबाट व्यक्त भएका भनाइ नियतवश नभई आवेशमा भएकाले फिर्ता लिएको जनाएकी छन् ।


उनले शब्द मानवीय स्वभाववश आवेश र भावनामा बगेर व्यक्त भएकाले धम्कीका रूपमा नबुझिदिन अनुरोध गरेकी छन् । चलचित्र पत्रकार संघ र नेपाल पत्रकार महासंघलाई बोदार्थ गरी लेखिएको विज्ञप्तिमा घिमिरेले नेपाली पत्रकारिता जगतप्रति आफ्नो सदैव उच्च विश्वास रहेको समेत जनाएकी छन् ।

यसैबीच संघले पनि नायिकाको भनाइलाई स्वागत गर्दै आगामी दिनमा कुनै पनि कलाकार र चलचित्रकर्मी तथा पत्रकारबीच सुमधुरसम्बन्ध रहने तथा सबैले पत्रकारिता जगतको सम्मान र मर्यादामा ख्याल राख्ने विश्वास लिएको संघका महासचिव लक्ष्मण सुवेदीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । - डिसीनेपाल डटकम

भिडियो हेर्न तल क्लिक गर्नुहोस् !