बिहेको अन्तीम तयारीमा राजेश हमाल


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Rajesh Madhu
२७ अप्रिल । नेपाली चलचित्र महानायक राजेश हामल चाडै नै विवाह बन्धनमा बाधिने भएका छन् । स्रोतका अनुसार हमालले यो वर्ष मै विहे गर्ने पक्का भएको छ । तर मिति भने तोकिएको छैन । केही महिना पहिले सात वर्ष लामो प्रेम सम्बन्ध रहेकी उनकी प्रेमीका सञ्चारमाध्यम देखापरेकी थिइन र अन्तर्वाता पनि दिएकी थिइन । करिब ७ वर्ष लामो प्रेम सम्बन्धलाई विबाहको रूप दिन राजेश हमाल तथा उनकी प्रेमीका मधु भट्टराई पनि तयार रहेको हमाल निकट स्रोतले जनाएको छ । झण्डै ५० को हाराहारीमा पुगेका राजेश र ३० पनि ननाघेकी मधु भट्टराईबीचको प्रेम सम्बन्धले विबाह रूप लिने भएपछी राजेशकी प्रेमीका मधुको गृह नगर विराटनगर त तातेको छ नै चलचित्र क्षेत्र पनि उत्तिकै गरमागरम भएको छ । सन् २००४ मा ‘लक्स ब्युटी स्टार’मा भाग लिएकी मधुको भेट राजेशसँग सोही कार्यक्रममा भएको थियो । सानैदेखी राजेश हमालको फ्यान रहेकी मधुले राजेशलाई नै पहिले प्रेम प्रस्ताव राखेको बताइएको छ । मधुले राखेको प्रेम प्रस्तावलाई राजेश हमालले भने केहि महिनापछी मात्र स्विकार गरेका थिए । ‘म चाडै विबाह गर्दैछु’ भनेर अन्तरवार्ताका क्रममा भन्दै हिड्ने गरेका उनको विबाहको साइत भने बल्ल जुरेको छ । हमाल निकट स्रोतका अनुसार हमालले ज्योतिषीको भनाई अनुसार २०७० सालमा नै बिवाह गर्ने तयारी गरेका हुन् । ज्योतिषीले उनलाई २०७० साल अगाडि विबाह नगर्न भनेका कारण उनी अहिलेसम्म विबाह नगरी बसेको बताइन्छ । राजेश हमालको लगनगाँठो मधुसँग कहिले जुर्छ या जुराईन्छ त्यो भने चर्चा तथा प्रतिक्षाको विषय बनेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् !