भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
७ लाख ४९ हजार पर्ने बाइकमा गायिका कोमल वलीलाई राख्दै गर्दा हमाल निक्कै सुरिएका थिए । सुजुकी बाइकको नयाँ सोरुमको उद्घाटन गर्न काठमाण्डौको थापाथली पुगेका हमालले कोमललाई महंगो बाइकमा राखेका हुन् ।
सोरुमको उद्घाटन गरेपछि राजेशले विभिन्न प्रकारका बाइकहरुको अवलोकन गरेका थिए । उनको आखा साढे ७ लाख पर्ने बाइकमा गएको थियो । बाइकमा चढ्दै हमालले कोमललाई पछाडी बस्न आग्रह गरे । कोमल पनि के कम राजेशको पछाडी गएर बसी छोडिन् । कोमल जीलाई लिएर यही बाइकमा कतै डेटमा जान त मन छैन भन्ने अनलाइनखबरको प्रश्नमा राजेश हाँसै मात्र केही बोलेनन् ।
उनले ७ लाखको बाइकमा प्रेमिकालाई राखेर घुमाउने इच्छा व्यक्त गरे । राजेशले भने, ‘बाइक चढ्ने सोख त मेरो पनि छ तर अलिकती छुट पाए त किन्न हुन्थ्यो ।’ उनले प्रेमिकालाई लिएर महंगो बाइकमा डेट जान पाएको सल्लाहालाई सकारात्मक रुपमा लिएको बताए ।




भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|